Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०९:५९

महाकाली नदीको बाँध खोलियो, सतर्क रहन दार्चुला प्रशासनको सुझाव

Wide Nepal News
शुक्रबार, असार ३१, २०७९
जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। धारचुलाको गैरीगंगा जलविद्युत परियोजनाको साइटमा आज शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सिल्ट फ्लसिङको कार्य हुने र त्यसका लागि बाँधको ढोका खोलिने भएको हो। जसले गर्दा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई दार्चुला प्रशासनले सचेत गराएको हो।

प्रतिक्रिया