Wide Nepal News शनिबार १४, असार २०८२ ११:११

लेकम गाउँपालिका ६ कि १४ वर्षीया किशोरी हिजोदेखि सम्पर्कविहिन

सम्बाददाता सम्बाददाता
बिहिबार, असार ०५, २०८२
लेकम गाउँपालिका ६ कि १४ वर्षीया किशोरी हिजोदेखि सम्पर्कविहिन
दार्चुलामा एक किशोरी बेपत्ता भएकी छन् । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ६ सिरोडा (धार) घर भएकी धर्मसिंह खत्रीकी १४ वर्षीया छोरी लक्ष्मी खत्री बुधवार (हिजो) दिउँसोबाट सम्पर्कविहिन भएकी हुन् । स्थानीयले हालसम्म खोजी गर्दा कहि नभेटेपछि प्रहरीलाई खबर गरिएको बताइएको छ । ४ फिट ५ इन्च उचाई गहुँ गोरो वर्ण भएकी खत्रीलाई कसैले भेट्टाएमा नजिकैको प्रहरी चौकी वा ९८४८७१२०५२ र ९८६२४६७९४६ मा सम्पर्क गरी सहयोग गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया