Wide Nepal News मङ्गलबार २८, असोज २०८२ ०९:४६

कमलेश दानु हत्या प्रकरणः सीमा पुल तथा धारचुला बजार बन्द गर्ने चेतावनी

सम्बाददाता सम्बाददाता
आइतबार, असार ०१, २०८२
कमलेश दानु हत्या प्रकरणः सीमा पुल  तथा धारचुला बजार बन्द गर्ने चेतावनी
कमलेश दानुका हत्यारा अहिलेसम्म पक्राउ नपरेको भन्दै भोलि धारचुला बजार र अन्तर्राष्ट्रिय सीमा पुल बन्द गर्ने घोषणा गरिएको छ । शनिवार अनुवाल समुदायका अध्यक्ष गुमान सिंह बिष्टको नेतृत्वमा विभिन्न संघसंस्थाहरूले पिथौरागढ जिल्लाका उपजिल्लाधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाउँदै दबाद स्वरुप धारचुला बजार र सीमा पुल बन्दको घोषणा गरेका हुन् ।ज्ञापनपत्र बुझाउनेमा राज्यमन्त्री अशोक नवियाल, राजेन्द्र नेगी, नवीन तलाल, नन्द विष्ट, जीवन बिष्ट, गुमान बिष्ट, रुकुम विष्ट, राजेश दानु, मनोज नागयाल, गोवर्धन दानु, देवेन्द्र सिंह आदि रहेका थिए । जुन ७ तारिखको दिन धारचुला बजारमा कमलेशको चक्कु प्रहार गरि हत्या गरिएको थियो । घटनामा संलग्न ३ जनाविरुद्ध पीडित परिवारले एफआईआर दर्ता गरेको छ । घटनापश्चात हत्याराहरु फरार रहेका छन् । उनीहरु नेपाल प्रवेश गरेको आशंका पनि गरिएको छ । हत्याराको सबैतिरबाट खोजी भइरहेको भारतीय प्रशासनले जनाएको छ । घटनामा संलग्न ३ जनाविरुद्ध पीडित परिवारले एफआईआर दर्ता गरेको छ । घटनापश्चात हत्याराहरु फरार रहेका छन् । उनीहरु नेपाल प्रवेश गरेको आशंका पनि गरिएको छ । हत्याराको सबैतिरबाट खोजी भइरहेको भारतीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया