Wide Nepal News सोमबार २७, जेठ २०८२ ०८:५८

राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षमा भट्ट चयन

सम्बाददाता सम्बाददाता
आइतबार, बैशाख २८, २०८२
राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षमा भट्ट चयन

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षमा यज्ञराज भट्ट (यदु) सर्वसम्मत चयन भएका छन् ।

शनिबार पाटनमा सम्पन्न भएको संघको दशौं जिल्ला अधिवेशनले भट्टको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो । 

उक्त कमिटिको उपाध्यक्षमा भुवन कार्की, सचिवमा कर्ण कुँवर,कोषाध्यक्षमा दानसिंह धामी, सहसचिवमा वसन्ती भट्ट र विरेन्द्र महरा चयन भएका छन् । 

कमिटि अन्य सदस्यहरु पनि सर्वसम्मत चयन भएका बताइएको छ । 

अध्यक्षमा निर्वाचत भट्ट केही महिना पहिला एमालेमा फर्किएका थिए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिँदै वडा अध्यक्षमा जित हासिल गरेका थिए । संगठनले दिएको जिम्मेवारी आफूले कुशलतापूर्वक पूरा गर्ने अध्यक्ष भट्टले बताए । 

प्रतिक्रिया