दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ गोदालीमा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाइते भएका लेकम गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा शिक्षा अधिकृत केशव राज ओझाको निधन भएको छ ।
लेकम गाउँपालिकाकै वडा नम्बर ५ चौपातामा शैक्षिक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा पिठ्युँमा लागेर गम्भीर घाइते भएका अधिकृत ओझाको मृत्यु भएको हो । ढुंगा लागेपछि ओझाले चलाएको मोटरसाइकल समेत दुर्घटना भएको थियो ।
उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । अधिकृत ओझाको निधनले लेकमको शिक्षा क्षेत्रमै क्षति पुगेको उहाँको भनाइ छ । ओझाको मृत्युको खबरले लेकमबासी स्तब्ध भएका छन् ।
प्रतिक्रिया