Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:१४

महाकालीमा हाम फालेर दार्चुला सदरमुकाम खलंगामा एक महिलाको मृत्यु

Wide Nepal News
आइतबार, चैत २७, २०७८
दार्चुला : महाकाली नदीमा हाम फालेर एक महिलाको मृत्यु भएको छ । महाकाली नदीमा हाम फालेर जिल्ला सदरमुकाम खलंगास्थित घाटबजारको एक होटलमा काम गर्ने २८ वर्षीया दसरती नामले चिनिने दमन्ती धामीले ज्यान गुमाएकी हुन् । आइतबार बिहान करिब १० बजेको समयमा रिङनतालको सिढीबाट महिलाले महाकाली नदीमा हाम फालेको स्थानीयले देखेका थिए । धामीले महाकालीमा हाम फालेको देखेपछि प्रत्यक्षदर्शीहरुले प्रहरीलाई खबर गरेका थिए । घटना भए लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थलबाट करिब २ किलोमिटर टाढा महाकाली नगरपालिका–५ नमस्कार मन्दिर क्षेत्रको किनारबाट उनको शव निकाली जिल्ला अस्पताल खलंगा लगिएको र अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया