Wide Nepal News शनिबार १३, बैशाख २०८२ १०:४२

अपिहिमालमा विपद् व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम सञ्चालन

सम्बाददाता सम्बाददाता
बिहिबार, चैत २७, २०८१
अपिहिमालमा विपद् व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम सञ्चालन

दार्चुलाको अपिहिमाल गाउँपालिकामा विपद् व्यवस्थापनको लागि क्षमता विकास तालिम सञ्चालन गरिएको छ।

अपिहिमाल गाउँपालिका, विपद् व्यवस्थापन शाखाको आयोजनामा गाउँपालिका र वडा स्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु र खोज उद्दार टोलीको लागि दुई दिने विपद् व्यवस्थापन क्षमता विकास सम्बन्धी तालिम बुधवारबाट सञ्चालन भएको भएको गाउँपालिकाको विपद् व्यवस्थापन शाखा अधिकृत पानसिंह धामीले बताउनुभयो ।

दुई दिन सम्म सञ्चालन हुने क्षमता विकास तालिममा गाउँपालिकाको विपद् व्यवस्थापन समितिका पदाधिकारी र वडा स्तरका उद्दार कर्ताका लागि कृत्रिम घट्ना अभ्याससहित क्षमता विकास तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

तालिममा सशस्त्र प्रहरीले कृत्रिम घटना अभ्यासहित प्रशिक्षण गराईरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया