Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०४:२५

डिलाशैनीको अध्यक्षमा सन्तोषप्रकाश जोशीको स्वतन्त्र उम्मेदवारी घोषणा

Wide Nepal News
आइतबार, चैत २७, २०७८
आसन्न स्थानीय तहको निर्वाचनका लागि बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशीले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन्। आइतबार डिलाशैनी–७ धामीगाउँमा एक सभाको आयोजना गर्दै जोशीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्। नेकपा एमाले पृष्ठभुमीका युवा नेता जोशीले पार्टीबाट राजिनामा गरेर स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेको बताएका छन्। जोशी नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सचिव तथा सुदूरपश्चिम अध्यक्ष समेत हुन् । उनले पार्टीका सबै पदबाट राजीनामा गरेर उम्मेद्वारी दिएका हुन् । घोषणा सभामा बोल्दै उनले समग्र डिलाशैनीको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै उनले आफ्नो टीमका वडा अध्यक्षहरुको उम्मेद्वारी चैत २९ मा घोषणा गर्ने र त्यसपछि सदस्यहरुको पनि उम्मेद्वारी घोषणा गर्ने बताएका छन्

प्रतिक्रिया