Wide Nepal News बुधबार १९, चैत २०८१ ०९:५२

सेटिगाउँ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको सरगर्मी, निर्वाचन जित्ने दाउमा अनेरास्ववियु

सम्बाददाता सम्बाददाता
शनिबार, चैत ०१, २०८१
सेटिगाउँ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको सरगर्मी, निर्वाचन जित्ने दाउमा अनेरास्ववियु

आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिएसंगै बैतडीसहित देशैभरका क्याम्पसहरुमा चुनावी सरगर्मी बढेको छ । 

यसैबिच आगामी चैत्र ५ गते हुुने स्ववियु निर्वाचनमा बैतडीको डिलासैनी गाउँपालिका ६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युुनियन (अनेरास्ववियुु) र नेपाल विद्यार्थी संघले भाग लिएका छन् । 

अनेरास्ववियुबाट रमेश मालले स्ववियु अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। यसअघि क्याम्पसको स्ववियु टिममा सचिव पदमा रहेर काम गरेका मालले यसपटक अनेरास्ववियुबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । 

वि.सं.२०७८ सालमा सेटीगाउँ बहुमुखी क्याम्पसमा अनेरास्ववियुको क्याम्पस कमिटी अध्यक्ष हुँदै विद्यार्थी राजनीतिमा लागेका माल हाल अनेरास्ववियु जिल्ला कमिटी सदस्य रहेको तथा यसपटकको स्ववियुु निर्वाचनमा सेटिगाउँ बहुमुखी क्याम्पसमा अध्यक्ष पदमा उम्मेदवार रहेको अनेरास्ववियु बैतडीले जनाएको छ ।

क्याम्पसको शैक्षिक विकास तथा संस्थागत सुधार, विद्यार्थी हकअधिकारको रक्षा र नेतृत्व विकासका लागि अनेरास्ववियुको तर्फबाट उम्मेदवारी दिएको बताउदै मालले स्ववियु चुनावमा विजयी गराइदिन सबै विद्यार्थीहरूमा अपिल गरेका छन् । 

यस्तै विद्यार्थीहरुको हक, अधिकारका लागि बोल्ने विद्यार्थीहरुको साझा संगठनका रुपमा रहेको स्वतन्त्र विद्यार्थी युुनियनको आसन्न निवार्चनलाई राजनितिक दल लगायत सरोकारवालाले प्रतिष्ठाको विषयका रुपमा हेरेका छन । सोही निर्वाचनलाई मध्यनजर राख्दै एमाले बैतडीले आज सेटिगाउँ बहुमुखी क्याम्पसका विद्यार्थी तथा उम्मेदवारहरुसित अन्तरक्रिया गरेका छन् । 

गोकुलेश्वरमा आयोजित विद्यार्थी भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले निकट बुद्दिजिवी परिषद्का सुदूरपश्चिम प्रदेश सदस्य प्रेमराज भट्ट, एमाले बैतडीका जिल्ला सदस्य तथा डिलासैनी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष यज्ञराज भट्ट सहितका नेताहरुको सहभागिता रहेको र स्ववियु निर्वाचनमा भाग लिइ आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन प्रतिबद्दता व्यक्त गरिएको अनेरास्ववियु बैतडीका अध्यक्ष बिरबहादुुर नाथ (दिव्य) ले जानकारी दिए । 

प्रतिक्रिया