Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:४०

कांग्रेशले लगायो शैल्यशिखरमा उम्मेदवारको टुंगो, धामी पुन: दोहोरिने दाउमा

Wide Nepal News
आइतबार, चैत २७, २०७८
आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेशले उम्मेदवारको टुंगो लगाएको छ । नेपाली कांग्रेश शैल्यशिखरको आइतबार (आज) बसेको बैठकले आगामी निर्वाचनमा  शैल्यशिखर नगरपालिकाको नगरप्रमुख पदमा अमरसिंह धामीलाई पुन: उम्मेदवार बनाउने भएको छ । धामीलाई प्रमुखमा पुन: दोहोर्याउने निर्णय गरेको नेपाली कांग्रेश शैल्यशिखरले जनाएको छ । विक्रम संवत् २०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा दार्चुलाका तत्कालिन उपसभापति समेत रहेका धामी नेकपा एमालेका उम्मेदवार गंगादत्त जोशीसित ५ सय २७ मतान्तरसहित नगरप्रमुखमा बिजयी भएका थिए । धामीले कूल ३ हजार ९ सय २९ मत प्राप्त गर्दा उनका प्रतिद्दन्द्दी जोशीले ३ हजार ४ सय २ मत प्राप्त गरेका थिए । आसन्न स्थानीय तहको निर्वाचनमा शैल्यशिखर नगरपालिकाको नयाँ नेतृत्वका लागि यसअघि नेकपा एमालेले विजयसिंह धामीलाई उम्मेदवार घोषणा गरिसकेको छ भने नेकपा माओवादी केन्द्र लगायतका दलले उम्मेदवारको टुंगो लगाउन बाँकी छ ।

प्रतिक्रिया