नेकपा एमाले जिल्ला कमिटी दार्चुलाले नेकपा एमालेकातर्फबाट विभिन्न क्षेत्रमा नियुक्त भएका व्यक्तिहरूलाई सम्मान गरेकाे छ । एमाले पार्टी कार्यालय खलंगामा आयाेजित कार्यक्रममा पाँच जनालाई खादा ओडाएर सम्मान गरेकाे हाे ।
सम्मानित हुनेहरूमा राष्ट्रिय भूमि आयाेग दार्चुलाका सदस्य नारायणदत्त भट्ट, कमला विष्ट, राष्ट्रिय खेलकुद परिषद बाेर्ड सदस्य जगतसिह धामी, ओैधाेगिक व्यवसाय विकास प्रतिष्ठानका विज्ञ सदस्य गंगादत्त जाेशी र नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष राजेन्द्रसिह धामीलाई सम्मान गरेकाे हाे ।
एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीकाे अध्यक्षतामा भएको सम्मान कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य नगेन्द्र तिंकरीकाे प्रमुख आतिथ्य रहेकाे थियाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला कमिटी अध्यक्ष घर्तीले पार्टीको तर्फबाट विभिन्न क्षेत्रमा नियुक्त भएकाहरूलाई बधाई दिदै, पाएकाे जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताए । उनले भने, 'याे तपाईंहरूले पाएकाे ऐतिहासिक जिम्मेवारीलाई पार्टी हित हुने गरि लाग्न समेत आग्रह गरे । जुन जुन क्षेत्रमा जिम्मेवारी मिलेकाे छ, त्याे क्षेत्रमा अब्बल भएर काम गर्नुस्, उनले भने, पार्टीले यस्ता महत्त्वपूर्ण जिम्मेवारी दिदा सधैं मूल्यांकन गर्ने छ ।'
पार्टी सचिव उमेशराज जाेशीले सञ्चालन गरेकाे कार्यक्रममा महाकाली नगर प्रमुख नरसिंह चैसिर, उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, एमाले नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिक्रिया