Wide Nepal News शुक्रबार ०९, फागुन २०८१ ०४:०३

लागूऔषध नियन्त्रण सम्बन्धि दार्चुलाका विद्यालयमा जनचेतनामूलक कार्यक्रम

सम्बाददाता सम्बाददाता
मङ्गलबार, फागुन ०६, २०८१
लागूऔषध नियन्त्रण सम्बन्धि दार्चुलाका विद्यालयमा जनचेतनामूलक कार्यक्रम

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ स्थित लटिनाथ माध्यमिक विद्यालय चौपातामा लागूऔषध नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यालय दार्चुला र जिल्ला प्रशासन कार्यालय दार्चुलाको सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

लटिनाथ मावि चौपाताका विद्यालय व्यवस्थापन समिति अध्यक्ष परमानन्द जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको प्रमुख आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल ४४ नम्बर गण हेडक्वाटर दार्चुलाका गणपति एसपी देवराज जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी प्रकाश दाहाल, शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्त, सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख रामचन्द्र ओझा लगायतको उपस्थिति रहेको थियो ।

शिक्षक, अभिभावक र विद्यार्थी लगायतको सहभागीता रहेको कार्यक्रममा लागूऔषध दुर्व्यवसनीको गलत प्रभावका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा डिएसपी दाहालले लागूऔषध र यसको प्रयोगका बेफाइदाबारे उदाहरणसहित सन्देशमूलक प्रस्तुति राख्नुभएको थियो । 

कार्यक्रममा अतिथिहरूले लागूऔषधको प्रयोगले शारीरिक, मानसिक, आर्थिक, पारिवारिक र सामाजिक समस्या निम्त्याउने तथा अमूल्य जीवनको अकालमै अन्त्य हुने भएकोले यसको प्रयोग गर्नै नहुने सुझाव दिएका छन् ।

प्रतिक्रिया