Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:४९

शैल्यशिखरमा नेकपा 'एस' बाट अजबसिंह बिष्ट मेयरका उम्मेदवार, माओवादी केन्द्रसंग गठबन्धनबारे छलफल

Wide Nepal News
सोमबार, चैत २८, २०७८
काठमाडौं : दार्चुलाको शैल्यशिखर नगरपालिकाको नगरप्रमुखको उम्मेदवारमा नेकपा (एकिकृत समाजवादी) ले अजबसिंह बिष्टको नाम अघि सारेको छ । नेकपा एकिकृत समाजवादीका दार्चुला जिल्ला ईन्चार्ज नरेन्द्र बिष्टका अनुसार शैल्यशिखर नगरपालिका सहित दार्चुलाका अरु स्थानीय तहमा समेत सत्ता साझेदार दलहरुसित गठबन्धनका लागि छलफल चलिरहेको छ । शैल्यशिखरमा पनि नेपाली कांग्रेश र नेकपा माओवादी केन्द्रसित गठबन्धनको प्रयास भइरहेको उल्लेख गर्दै जिल्ला ईन्चार्ज बिष्टले आफूहरुले नेकपा (एकिकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश सदस्य अजबसिंह बिष्टलाई नगरप्रमुखको उम्मेदवारमा अघि सारेको बताए । तथापी नेपाली कांग्रेशले आइतबार (हिजो) शैल्यशिखर नगरपालिकामा अमरसिंह धामीलाई दोहोर्याउने निर्णय गरेको छ । यता नेकपा एमालेले पनि एमाले नेता विजयसिंह धामीलाई उम्मेदवारमा सिफारीस गर्दै घरदैलो तथा प्रचारप्रसारको कामलाई तिव्रता दिएको छ । स्थानीय तहको निवार्चन आगामी बैशाख ३० मा हुने भएको छ । समाजवादीले अघि सारेका उम्मेदवार बिष्ट शैल्यशिखर नगरपालिकाका वडाअध्यक्ष हुन् । उनी वि.सं. २०७४ सालको स्थानीय तहको चुनावमा शैल्यशिखर ८ मा नेकपा एमालेको तर्फबाट विजयी भएको थिए ।

प्रतिक्रिया