Wide Nepal News बिहिबार ०८, फागुन २०८१ ०२:२६

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा नौगाड गाउँपालिका प्रथम

सम्बाददाता सम्बाददाता
शनिबार, फागुन ०३, २०८१
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा नौगाड गाउँपालिका प्रथम

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका स्थानीय तहहरुको कार्यसम्पादन मूल्याकंनको नतिजा सार्वजनिक गरेको छ ।

विभिन्न १७ ओटा सूचकमा आधारित रहेर स्थानीय तहहरुको कार्यसम्पादन मूल्यांकन गरिएको आयोगले जनाएको छ ।

आयोगले प्रकाशन गरेको नतिजा अनुसार दार्चुलाका ९ओटा स्थानीय तहमध्ये नौगाड गाउँपालिका ७४.२ अंक सहित पहिलो भएको छ ।

यस्तै ५१.३ अंक सहित लेकम गाउँपालिका पुछारमा रहेको छ ।

जिल्लाका अन्य स्थानीय तहमा ब्याँस गाउँपालिकाको ६७.५ अंक, महाकाली नगरपालिकाको ६६.३ अंक, दुहुँ गाउँपालिकाको ६१.८ अंक, शैल्यशिखर नगरपालिकाको ६१.४  अंक रहेको छ ।   

त्यस्तै  मालिकार्जुन गाउँपालिकाको ६०.८ अंक, अपिहिमाल गाउँपालिकाको ५९.७ अंक र मार्मा गाउँपालिकाको ५६.४ अंक, रहेको छ।

आयोगले विभिन्न सूचकहरु तय गरेर मूल्यांकन गरेको जनाएको छ । जसमा पालिकाहरूले २०८१ असार १० गतेभित्र आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेस गरे–नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०८१ असार मसान्तभित्र पारित गरे–नगरेको सूचक राखिएका छन् ।

प्रतिक्रिया