Wide Nepal News बुधबार १९, चैत २०८१ ०९:४८

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय

सम्बाददाता सम्बाददाता
शुक्रबार, फागुन ०२, २०८१
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ ।

एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम) ले बिहीवार विज्ञप्ति जारी गरी अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो ।

अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक अक्सनमा ए र बी श्रेणीका खेलाडीमाथि मात्र बोली लाग्ने विज्ञप्तिमा उल्लेख छ । सी श्रेणीका लागि भने पछि ड्राफ्ट मार्फत खेलाडी छनोट गरिनेछ ।

लिगमा ७ टोलीले सहभागी हुनेछन् । गत सिजन प्रवेश गरेका ३ मध्य स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगंज युनाइटेड एफसीले यसपटक लिगमा सहभागिता जनाएका छैनन् ।

झापा एफसीसँगै एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स एफसी र धनगढी एफसीले यसपटक एनएसएल खेल्नेछन् । ललितपुर साविक विजेता समेत हो ।

यसपटक सहभागी टोलीले गत सिजनको टिमबाट खेलाडी रिटेन अर्थात आफ्नै टिममा राख्न पाउने व्यवस्था समेत गरिएको छ । विज्ञप्ति अनुसार हरेक टोलीले २-३ खेलाडी रिटेन गर्न पाउने उल्लेख गरिएको छ ।

एनएसएलले २२ देखि २३ खेलाडी राख्दै तल राखिएको प्रावधान अनुसार टोली निर्माण गर्न सक्नेछन् :

१ मार्की खेलाडी

२-३ ए श्रेणीका खेलाडी

६ बी श्रेणीका खेलाडी

३ सी श्रेणीका खेलाडी

१ डी श्रेणीका खेलाडी

१ रुकी

६ विदेशी वा आइकोनिक खेलाडी

१ एनआरएन खेलाडी

एनएसइएमका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीका अनुसार विदेशमा रहेका नेपाली खेलाडीले एनआरएनए कोटामा एनएसएल टोलीबाट खेल्न पाउनेछन् । विदेश पुगेका नेपाली खेलाडीलाई स्वदेश फर्काउन यो कदम चालिएको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया