भूमि समस्या समाधान आयोग दार्चुलाका सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।
भूमि समस्या समाधान आयोग दार्चुलाका अध्यक्ष लाल सिंह धामीले एक कार्यक्रमका बीच सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।
नवनियुक्त विज्ञ सदस्य संगिता बम, महिला सदस्य कमला विष्ट र सदस्य नारायण दत्त भट्टलाई सपथ ग्रहण गराइएको हो । माघ २५ गते उनीहरु नियुक्त गरिएका थिए ।
सपथ ग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका सदस्य खडक सिंह धामी, सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साँउद, भूमि समस्या समाधान आयोगका अध्यक्ष लाल सिंह धामी, नापी कार्यालय दार्चुलाका प्रमुख एवं भूमि समस्या समाधान आयोगका सदस्य सचिव टिकेन्द्र सिंह धामीको उपस्थिति रहेको थियो ।
यसअघि गत पुस २९ गते भूमि समस्या समाधान आयोगको अध्यक्षमा लाल सिंह धामी नियुक्त भएका थिए ।
प्रतिक्रिया