Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:२३

पाटनका प्रहरी प्रमुख शाही पुरस्कृत

Wide Nepal News
मङ्गलबार, चैत २९, २०७८
बैतडीको इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी निरीक्षक राजेश शाही पुरस्कृत भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक शाही सहित विभिन्न पदमा कार्यरत प्रहरी अधिकृतहरुलाई पुरस्कृत गरेको हो । अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम, समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बनाउन भूमिका खेलेको भन्दै प्रहरी निरीक्षक शाही पुरस्कृत भएका हुन् । बैतडीमा बस्दा प्रहरी निरीक्षक शाहीले कार्यसम्पादन गरेको मुल्यांकनका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी पुरुषोत्तम कँडेलले पुरस्कृत गरेका हुन् । २०७७ को बैशाखमा इलाका प्रहरी कार्यालय पाटनमा आएका शाहीको नेतृत्वमा विभिन्न अपराधहरुको सफल अनुसन्धान भएको छ । सुर्नयामा व्यापारी हत्या, दोगडाकेदारमा सौता हत्या, रीमको मन्दिरमा भएको सुनचोरी, बिमा कम्पनीको मान्छे भन्दै गरिएको ठगि प्रकरणमा शाहीको नेतृत्वमा अनुसन्धान भएको थियो । ती सबै अपराधमा संलग्नहरुलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रियामा गईसकेका छन् । प्रहरी निरीक्षक शाहीको केही दिन अघि मात्रै जिल्ला प्रहरी कार्यालय दार्चुला सरूवा भएको छ ।

प्रतिक्रिया