नेपाल प्रहरीका ३७ जना एसपीहरुको काज तथा सरुवा गरिएको छ। आज (सोमबार) उनीहरूको काज तथा सरुवा गरिएको हो।
उनीहरूलाई हिजोमात्रै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ थियो। हिजो आइतबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
त्यसलगत्तै आज उनीहरूको सरुवा निकालिएको छ। केही समय अगाडि प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरेका ३७ जनालाई नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को आइतबार पदोन्नति गरेको थियो।
हेर्नुस् सूची
प्रतिक्रिया