Wide Nepal News आइतबार २०, माघ २०८१ ०८:३१

छाङरू र टिंकर जोड्ने बाटो निर्माणका लागि छलफल गर्न व्याँस गाउँपालिकाद्धारा बैठक आह्वान

सम्बाददाता सम्बाददाता
शनिबार, माघ १९, २०८१
छाङरू र टिंकर जोड्ने बाटो निर्माणका लागि छलफल गर्न व्याँस गाउँपालिकाद्धारा बैठक आह्वान

दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ स्थित छाङरू, टिंकर जोड्नेघोरेटो बाटो निर्माणको बिषयमा  छलफल गर्न ब्याँस गाउँपालिकाले माघ २० गते आइतबार सरोकारवालाहरुका लागि बैठक डाकेको छ ।

बाटो निर्माणका लागि अर्थ मन्त्रालयले  हालसालै ५ करोड ५० लाख बजेट सुनिश्चित गरेसंगै समयमै बाटो निर्माणको बिषयमा छलफल गर्न बैठक डाकिएको ब्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताए । 

यसअघि ब्याँस गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने नेपालतर्फबाट पैदल बाटो समेत नहुदाँ स्थानीयले भारतीय बाटो प्रयोग गर्दै आइरहेका थिए । आफ्नै गाउँ जान समेत पास लिएर भारतीय बाटो प्रयोग गर्दा नेपालीहरुले अनेक समस्या भोग्दै आएका थिए ।

सोही समस्याको निदानका लागि एक महिनाअघि गाउँपालिका अध्यक्ष धामीसहितको टोलि बाटो निर्माणको माग गर्दै डेलिगेसन लगेर पूधानमन्त्री केपी शर्मा ओलीसित भेट गरेका थिए । 

प्रतिक्रिया