Wide Nepal News बिहिबार ०४, बैशाख २०८२ ०२:४०

रुपन्देही अदालतले मागेको धरौटीमा रवि पक्ष असन्तुष्ट, पुनरावेदनको तयारी

सम्बाददाता सम्बाददाता
आइतबार, माघ १३, २०८१
रुपन्देही अदालतले मागेको धरौटीमा रवि पक्ष असन्तुष्ट, पुनरावेदनको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी माग्यो । यसअघि दुई अदालतले मागेको भन्दा यो उच्च रकम हो ।

स्रोतका अनुसार एकपछि अर्को अदालतले धरौटी माग्दा लामिछाने असन्तुष्टि बनेका छन् । पहिलोपटक धरौटीमा छुटेपछि उनले ‘न्याय नमरेको’ प्रतिक्रिया दिएका थिए । तर, रुपन्देहीसम्म आइपुग्दा रवि र उनका समर्थकहरु आदेशप्रति खुशी देखिएनन् ।

रास्वपाका सहकोषाध्यक्ष दिपक बोहोराले अहिले मागिएको धरौटी न्यायीक नभएको बताए । यसविरुद्ध पुनरावेदन जाने तयारी रहेको उनको भनाइ छ ।

बोहेराले भने, ‘अहिलेको धरौटी न्यायिक छैन । धरौटीविरुद्ध उच्च अदालत जाने तयारी हुनेछ । अहिलेको आदेश कार्यान्वयन गरेर अर्को अदालतमा जाने हो । तत्काललाई बैंक ग्यारेन्टी बुझाएर थुनामुक्त हुने विकल्प छैन ।’

रविविरुद्ध चितवन र पर्सामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिलेसम्म मुद्दा दर्ता भने भएको छैन ।

बोहोराले भने, ‘यो मुद्दा फौजदारीमा जान सक्थ्यो, तर त्यो रवि लामिछानेमाथि होइन गोर्खा मिडियाविरुद्ध हुनसक्थ्यो । प्रतिशोधका आधारमा रविमाथि मुद्दा लगाइयो ।’

प्रतिक्रिया