नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको चुनावको मतगणना सुदूरपश्चिम प्रदेशमा सकिएको छ।
अन्तिम मतपरिणामको प्राप्त नतिजाअनुसार अध्यक्षमा विजय सापकोटाले प्रदेशमा सबैभन्दा बढी मत प्राप्त गरेका छन्।
कुल १७४ मत खसेकोमा उनले ७२ मत प्राप्त गरेका हुन्।त्यस्तै अध्यक्षका अन्य उम्मेदवारहरु हेमन्त राइले ५९, सुदिन पौडेलले १६, उपदेश यादवले २३ मत प्राप्त गरेका छन्।
खसेको मतमध्ये ३ मत भने बदर भएको छ।सुदूरपश्चिममा २६४ मतदाता भए पनि १७४ मत मात्र खसेको थियो।
क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाएपछि दोस्रोपटक प्रत्यक्ष चुनाव भएको हो। अध्यक्षमा ५ जनाको उम्मेदवारी परेकोमा एक जना योगेन्द्र बुढा भने ब्याक भएका थिए।
अहिले चार जना प्रतिस्पर्धामा छन्। हालसम्म केही प्रदेशको मतगणना सकिएपनी केहीमा जारी छ।
अखिल क्रान्तिकारीमा नेतृत्वका लागि ८ गते मनोनयन दर्ता भएको थियो भने शनिबार मतदान भएको थियो।अध्यक्ष, महासचिव लगायतका पदमा सहमति हुन नसकेपछि मतदान भएको थियो।
प्रतिक्रिया