Wide Nepal News मङ्गलबार ०४, चैत २०८१ ००:३१

अध्यक्षसंग नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याउदैँ मार्मा गाउँपालिका

सम्बाददाता सम्बाददाता
शनिबार, माघ १२, २०८१
अध्यक्षसंग नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याउदैँ मार्मा गाउँपालिका

दार्चुलाको मार्मा गाउँपालिकाले अध्यक्षसंग नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याउदैँ छ । 

गाउँपालिकाको स्वाथ्य शाखाको आर्थिक बर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार नसर्ने रोगका बिरामीहरुलाई लक्षित गरि अध्यक्षसंग नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

उक्त कार्यक्रममा नसर्ने रोगहरु मधुमेह, उच्चरक्तचाँप, दम, अनिन्द्रा, मुटुरोग लगायतका रोगहरुको जाँच तथा उपचार गरिने गाउँपालिकाले जनाएको छ। त्यस्तै महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच र ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम पनि सञ्चालन गरिने छ ।

माघ १३ गते देखि माघ १६ गते सम्म गाउँपालिकाका ४ वटा ठाउँहरुमा कार्यक्रम सञ्चालन हुने छ ।माघ १३ गते गाउँपालिकाको वडा नम्बर ३ च्युरानी आधारभुत स्वास्थ्य केन्द्रमा कार्यक्रम सञ्चालन हुनेछ ।

त्यस्तै माघ १४ गते वडा नम्बर ५ को वडा कार्यालय भवन मुरै सितोलामा,माघ १५ गते वडा नम्बर ६ को माङदाङ स्वास्थ्य इकाइमा र माघ १६ गते गाउँपालिकाको वडा नम्बर ६ मा रहेको शेरी स्वास्थ्य चौकीमा कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया