Wide Nepal News बिहिबार ०४, बैशाख २०८२ ०३:१५

उद्योग मन्त्री भण्डारी गृह जिल्ला बैतडी आउँदै

सम्बाददाता सम्बाददाता
शनिबार, माघ १२, २०८१
उद्योग मन्त्री भण्डारी गृह जिल्ला बैतडी आउँदै

उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउने भएका छन् । 

माघ १६ गते पाटन र दशरथचन्द नगरपालिका हुने पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटनका लागि मन्त्री भण्डारी बैतडी आउन लागेका छन् । 

मन्त्री भण्डारी माघ १४ गते धनगढी पुग्ने भ्रमण तालिकामा उल्लेख गरिएको छ । माघ १५ गते स्वदेशी वस्तुको प्रयोगका बिषयमा धनगढीमा आयोजना हुने छलफलमा सहभागी भएपछि मन्त्री भण्डारी डडेल्धुरा बस्ने कार्यक्रम तय भएको मन्त्री भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले बताए । 

मन्त्री भण्डारीले माघ १६ गते बिहान ९ बजे ज्ञानेश्वर मावि विजयपुरमा पाटन नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन गर्ने कार्यक्रम रहेको छ भने सोही दिन बिहान ११ बजे निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा दशरथचन्द नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्दघाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी दिउँसो १ बजे एमालेको बैठकमा सहभागी हुने कार्यतालिका रहेको छ । 

मन्त्री भण्डारी माघ १७ गते काठमाण्डौं फर्कने कार्यक्रम रहेको छ । 

Bhndari-1737772529.jpeg

प्रतिक्रिया