पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भइसकेको छ । सोमबार सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेल सकिएसँगै प्लेअफ समीकरण पूरा भएको हो ।
एनपिएल प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् । काठमाडौं गुर्खाज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले भने पहिलो संस्करणको एनपिएल प्लेअफमा स्थान बनाउन सकेनन् ।
पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भइसकेको छ । सोमबार सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेल सकिएसँगै प्लेअफ समीकरण पूरा भएको हो ।
एनपिएल प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् । काठमाडौं गुर्खाज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले भने पहिलो संस्करणको एनपिएल प्लेअफमा स्थान बनाउन सकेनन् ।
क्वालिफायर वानमा सुदूरपश्चिम र जनकपुर खेल्ने छन् । यी दुई टिमबीचको प्रतिस्पर्धा बुधबार दिउँसो १ बजेदेखि सुरु हुनेछ । यस्तै, चितवन र कर्णालीबीचको एलिमिनेटर खेल भोली बुधबार बिहान ९ बजेदेखि सुरु हुने तालिका छ ।
एनपिएलमा प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले कार उपहार पाउने छन् । नेपाल क्रिकेट संघ ९क्यान० का अनुसार पहिलो संस्करणको एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने एकजना नेपाली खेलाडीलाई शारडा समूहले करिब ७० लाख रुपैयाँ पर्ने ‘आमोडा एन्ड जेइको’ कम्पनीको कार उपहार दिने भएको हो ।
कार जित्नसक्ने ५ खेलाडी
दीपेन्द्र सिंह ऐरी
कार जित्ने दाबेदार खेलाडीको दौडमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी शीर्ष स्थानामा छन् । उनको नेतृत्वमा सुदूरपश्चिमले सानदार प्रदर्शन गरिरहेको छ । सुदूरपश्चिमले लिग चरणमा सातमध्ये ६ मा जित र एक खेलमा मात्र हार बेहोर्यो ।
सुदूरपश्चिमको उत्कृष्ट प्रदर्शनमा कप्तान ऐरीको पनि महत्वपूर्ण भूमिका छ । उनले सात म्याचमा एक अर्धशतकसहित १६७.७९ को स्ट्राइक रेटमा १९८ रन बनाएका छन् । यस्तै, बलिङमा ऐरीले ५ इनिङ्समा ५ विकेट पनि लिएका छन् ।
उनी दुई खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । सुदूरपश्चिम फाइनल पुगेमा दीपेन्द्रले तीनवटा म्याच खेल्ने छन् । यस्तो अवस्थामा बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गरेमा उनले कार जित्ने सम्भावना बलियो छ ।
रोहितकुमार पौडेल
कार जित्ने दौडमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल पनि रहेका छन् । टिम लिग चरणबाटै बाहिरिए पनि उनले सानदार अलराउन्ड प्रदर्शन गरे । रोहित अहिले पनि सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा छन् ।
उनले सात खेलमा २ अर्धशतकसहित १३१.६० को स्ट्राइक रेटमा २७९ रन बनाए । यस्तै, रोहितले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ६ इनिङ्समा ८ विकेट लिएका छन् ।
कुशल मल्ल
कार जित्ने प्रतिस्पर्धामा चितवन राइनोजका कप्तान कुशल मल्ल पनि रहेका छन् । उनले अलराउन्ड प्रदर्शन गर्दै टिमलाई प्लेअफसम्म पुर्याइसकेका छन् । कुशलले ब्याटिङमा सात खेलमा १२६.२५ को स्ट्राइक रेटमा २०२ रन बनाएका छन् ।
उनी सर्वाधिक रनकर्ताको सूचीमा अहिले चौथो नम्बरमा छन् । यस्तै, कुशलले बलिङमा सात खेलमा ८ विकेट लिएका छन् ।
ललितनारायण राजवंशी
जनकपुर बोल्ट्सका बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले कार जित्ने सम्भावना छ । जनकपुरलाई शीर्ष दुईमा पुर्याएर प्लेअफमा पुर्याउन उनको अहम् भूमिका छ ।
ललितले ७ खेलमा ४.९६ को सानदार इकोनमीमा १३ विकेट लिइसकेका छन् । जनकपुर फाइनल पुगे उनले तीनवटा म्याच खेल्ने छन्, त्यस्तो अवस्थामा ललितसामु थप सानदार प्रदर्शन गर्ने मौका छ । त्यस्तो अवस्थामा उनले कार जित्न सक्छन् ।
रिजन ढकाल
कार जित्ने दौडमा चितवन राइनोजमा आबद्ध बायाँ हाते फास्ट बलर रिजन ढकाल पनि रहेका छन् । उनले जारी एनपिएलमा हरेक खेलमा दमदार प्रदर्शन गरिरहेका छन् ।
रिजनले सात म्याचमा ७.५७ को इकोनमीमा १३ विकेट लिइसकेका छन् । उनी अहिले सर्वाधिक विकेट लिने सूचीमा संयुक्तरूपमा दोस्रो स्थानमा छन् । टिमले प्लेअफ खेल्ने भएका कारण रिजनसामु थप उत्कृष्ट प्रदर्शन अवसर छ ।
प्रतिक्रिया