Wide Nepal News बिहिबार २०, मङि्सर २०८१ ०५:३१

पर्यटन प्रवर्धनका लागि शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा अन्तर्राष्ट्रिय काव्य गोष्ठी

सम्बाददाता सम्बाददाता
आइतबार, मङि्सर ०२, २०८१
पर्यटन प्रवर्धनका लागि शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा अन्तर्राष्ट्रिय काव्य गोष्ठी

कञ्चनपुरमा आयोजित शुक्लाफाटा अन्तर्राष्टिय काव्य गोष्ठी समपन्न भएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार परिसरमा आयोजना गरिएको काव्य गोष्ठी शनिबार विभिन्न कार्यक्रमहरु गरि सम्पन्न भएको हो । 

मानसखण्ड फाउण्डेशनले आयोजना गरेको काव्य गोष्ठीमा नेपाल र भारतका विभिन्न क्षेत्रबाट गरी ६० जना भन्दा बढी साहित्यकारहरू सहभागी छन् । उनीहरूले यस क्षेत्रका पर्यटन विकासका लागि आफ्ना रचनाहरू प्रस्तुत गरेका छन् ।

‘शुक्लाफाँटा आकर्षक पर्यटकीय क्षेत्र हो, तर यसको प्रचार प्रसार हुन सकेको छैन,’ मानसखण्ड फाउण्डेशनका सचिव हेमबाबु लोखकले भने, ‘त्यसकै लागि नेपाल र भारतका साहित्यकारहरूले यहाँ भेला गरेका हौं ।’

उनले साहित्यकारहरूका रचनाबाट पनि यसको प्रचार प्रसार हुने बताए । निकुञ्जको पिरिया पोष्टमा ६ वटा हात्ती छन् । तिनै हाती भएको क्षेत्रमा साहित्यकारहरू आफ्ना प्रस्तुती पस्केका हुन् । हात्तीलाई फलफुल खुवाएर गोष्ठीको शुभारम्भ गरिएको हो ।

‘यस्ता गतिविधिले पर्यटन विकासमा ठुलो टेवा पुग्न सक्छ,’ सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन समेत रहेका साहित्यकार डा. टेकराज पन्तले भने, ‘साहित्यबाट धेरै कुरा परिवर्तन हुन सक्छ, यसमा पनि अवश्यक सफलता मिल्नेछ ।’

भारत उत्तराखण्डको पिथौरागढबाट आएका साहितयकार डा. पीताम्बर अवस्थीले यस्ता गोष्ठीबाट कला संस्कृतिको संरक्षणसंगै आपसी सदभाव पनि बृद्धि हुने बताए ।

‘यता र उता दुवैतर्फका कुराहरू आदान प्रदान गर्छौ,’ उनले भने, ‘यस क्षेत्रको प्रचार प्रसारका लागि हामी सक्दो सहयोग गर्छौ, आफ्ना रचनाहरूबाट पनि सक्दो प्रयास गर्ने छौं ।’

गोष्ठीको उदघाटन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर थापाले गरेका हुन् । दिनमा हात्तीसार परिसरमा साहित्यकारहरूले आफ्ना रचना प्रस्तुत गरे भने सांझ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको रानाथारु होमस्टेमा पनि कविता, गजल र गीतहरू प्रस्तुत गरिएका छन् । गोष्ठी शनिबार नै समापन भएको छ ।

प्रतिक्रिया