Wide Nepal News सोमबार ०६, जेठ २०८२ ०७:२०

दार्चुला जिप दुर्घटना अपडेट : ज्यान गुमाउने दुई भारतीयसहित आठै जनाको खुल्यो पहिचान [नामसहित]

सम्बाददाता सम्बाददाता
शुक्रबार, कार्तिक ३०, २०८१
दार्चुला जिप दुर्घटना अपडेट : ज्यान गुमाउने दुई भारतीयसहित आठै जनाको खुल्यो पहिचान [नामसहित]

दार्चुलामा जिप दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको जानकारी दिए।

मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल छन्।

त्यस्तै बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय बिरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिलको मृत्यु भएको छ।

चालक मालिकार्जुन–८ पस्तीका सुनिल जोशीको टाउकोमा गम्भीर चोट छ।  ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाइते भएको डिएसपी दाहालले जानकारी दिए।

आज बिहान शैल्यशिखर नगरपालिका -६ काे बकजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटना भएको हो । घाइते चार जनाको उद्द्दार गरेर गोकुलेश्वर अस्पताल पुगाएर उपचार भइरहेको तथा थप उपचारका लागि घाइतेहरुको रेफर गर्न सुर्खेतबाट सेनाको हेलिकप्टर आइरहेको बताइएको छ ।   

जिप तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको छ । जिप  बिहान ४ बजेतिर मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको थियो । जिपमा तिर्थालु सवार थिए ।

 

प्रतिक्रिया