Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:२९

दार्चुलामा कुटपिट गरि युवकको हत्या, हत्यामा संलग्न ३ जना प्रहरी नियन्त्रणमा

Wide Nepal News
शनिबार, बैशाख ०३, २०७९
दार्चुलामा एक युवकको कुटपिट गरि हत्या गरिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४, रानिशिखरका २२ बर्षीय जगदिश ठगुन्नाको स्थानीय केहि युवाको समूहले कुटपिट गरि हत्या गरेको पारिवारिक स्रोतले बताएको छ । जिल्लाको नौगाड गाउँपालिकास्थित सिप्टीमा लागेको बिसुजात्रा हेरेर घर फर्किने क्रममा शैल्यशिखर नगरपालिका ४, तल्लोकाडापारीमा शुक्रबार राती युवाहरु बीच झगडा हुँदा सोही ठाउँका ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार राती ४-५ जना युवाको समूहले जगदिश माथि आक्रमण गरेको तथा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतक ठगुन्नाको हत्यामा संलग्न शैल्यशिखर ४ का कमलेश भट्ट, गौरभ भट्ट र नमराज दमाईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । दार्चुलामा पछिल्लो समय अपराधका घटनाहरु बढ्न थालेका छन् । अपराध नियन्त्रणका लागि व्याक्ति, परिवार र समाजको महत्तपूर्ण भूमिका हुने भएकोले सतर्कता अपनाउन एवं भूमिका निर्वाह गर्न सुरक्षाकर्मीले आग्रह गरेको छ । - लोकदर्पण टीभीबाट साभार

प्रतिक्रिया