Wide Nepal News बुधबार ०९, माघ २०८१ ११:१९

प्रतिनिधि सभा सदस्य वडूसहितको टोली दार्चुलाको मालिकार्जुनमा

सम्बाददाता सम्बाददाता
बुधबार, कार्तिक ०७, २०८१
प्रतिनिधि सभा सदस्य वडूसहितको टोली दार्चुलाको मालिकार्जुनमा

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–४ स्थित हुनैनाथ मन्दिर (औतालेक) मा  पहिरो नियन्त्रण तथा मन्दिर निर्माण हुने भएको छ ।

संघिय सरकार अन्र्तरगत बन तथा वातावरण मन्त्रालयको एक करोड बजेटमा पहिरो नियन्त्रण र पूर्वाधार विकास कार्यालयको एक करोड बजेटमा हुनैनाथ मन्दिर निर्माण हुने भएको छ ।

मंगलवार (हिजो) दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, प्रदेश सांसद विक्रमसिंह धामी लगायत सरोकारवालाहरुको उपस्थितिमा स्थलगत अनुगमन एंव (डीपीआर) निर्माणबारे आवश्यक छलफल भएको नेपाली कांग्रेस मालिकार्जुन गाउँपालिका सभापती किशन सिंह सामन्तले जानकारी दिनुभयो ।

मन्त्रालय तथा कार्यालयबाट डिपीआरको लागि आएको प्राविधिक टोलीलाई स्थानीयले पहिरो नियन्त्रणको जगबाटै दिगो तरीकाले काम सञ्चालन गरिदिन अपिल गरेका छन् ।

यस्तै आज गाउँपालिकाकै बाकुँमा कुजानी भिर बाटोको (डीपीआर) को लागि छलफल हुने बताइएको छ । बाकुँको कुजानी भिर बाटो निर्माणको लागि पनी संघिय सरकार अन्र्तरगत एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया