Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०५:५०

नौगाडका बेपत्ता शिक्षक फलोअप : कोट भेटियो, मान्छे भेटिएनन्

Wide Nepal News
मङ्गलबार, साउन ०३, २०७९
दार्चुलामा गतसाता देखी बेपत्ता रहेका एक शिक्षक अझै सम्पर्कमा आएका छैनन् । छिमेकीको बिहेमा गएका जिल्लाको नौगाड गाउँपालिका—१ का शिक्षक हरकसिंह ठगुन्ना विगत ८ दिन देखि सम्पर्कमा आएका छैनन् । भूमिराज माविमा कार्यररत शिक्षक ठगुन्ना गत असार २७ गते सोमबार साँझ छिमेकी गाउँ सल्लास्थित एक घरमा विहे भोजमा गएका थिए । घर फर्किने क्रममा उनी बेपत्ता भएको भन्दै परिवारका सदस्यहरुले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले घटनाको गम्भिरताका साथ खोजीका लागि त्यस ठाउँमा ठुलो संख्यामा सुरक्षार्की परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाही आफै घटनाको अनुसन्धानमा खटिएका छन् । प्रहरी र स्थानीयले सम्भावित सबै ठाउँमा खोजी गदौ समेत उनको अवस्था अज्ञात रहेको छ ।
ती महिलाले बिहेको दिन शिक्षक ठगुन्नालाई लखेटेको स्वीकार गरेकी छन् । उनीहरु बीचमा सम्बन्ध रहेको र त्यो थाहा पाएर केही दिनदेखि स्थानीयले दुबै जनालाई निगरानी गरिरहेको स्रोतले जनाएको छ । ’महिलालाई दवावमा राखेर स्थानीयले शिक्षकलाई लखेटेका थिए,’ स्रोतले भन्यो । ’सम्भावित सबै ठाउँहरुमा लगातार पाँच दिनसम्म खाजी गर्यों,उनीसँग नजिक रहेका भनिएका संकास्पद मानिसहरुको बयान लियौं,तर पनि सफलता हात लागेन, ’प्रहरी निरीक्षक शाहीले भने, ’अब घटनालाई तीन कोणबाट अनुसन्धान गरिरहेका छौं ।’ शिक्षक ठगुन्नाले नदीमा हाम फालेर आत्महत्या गरेको,उनको हत्यापछि शव गायब गरिएको र स्थानीयको डरले उनी कतै लुकेको हुनसक्ने जस्ता कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया