Wide Nepal News बुधबार १४, कार्तिक २०८१ ०९:०४

मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँः प्रेम आले

सम्बाददाता सम्बाददाता
सोमबार, कार्तिक ०५, २०८१
मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँः प्रेम आले

काठमाडौं । सांसद प्रेम आलेले आफूले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसकेको बताएका छन् । नेकपा एस छाडिसकेको भन्दै अहिले आफू तटस्थ रहेको उनले बताए ।

आलेले भने, ‘म अहिले एमालेमा पनि जाँदिनँ, कांग्रेसमा पनि जाँदिनँ । नेकपा एस छाडिकेको छु । अहिले म तटस्थ छु । कतै जाने सोचेको छैन । मैले नेकपा एसको त महाधिवेशन नै बहिष्कार गरेँ । त्यहाँ त म रहँदै रहन्नँ ।’

तर, तपाईं एमालेमा जाने तयारी भइरहेको बताइन्छ नि भन्ने जिज्ञासामा उनले थपे, ‘जाँदिनँ, जाँदिनँ, एमालेमा कुनै हालतमा गइन्नँ । त्यो पार्टी छाडेर आएको फेरि त्यो पार्टीमा किमार्थ जान्नँ ।’

उनले आफू एक्लै रहेको भन्दै नेकपा एसका अरु नेताहरूको बारेमा थाहा नभएको बताए ।

नेकपा एसमा आलेसहित एमालेबाट अलग्गिँदा माधव नेपाललाई काँध थापेका नेताहरू रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, शेरबहादुर कुँवरलगायतका नेता यतिबेला असन्तुष्ट छन् ।

प्रधानमन्त्री केपी ओलीले नेकपा एसलाई लक्षित गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चा छ । त्यही विषयमा हिजो कांग्रेस सभापति शेरबहादुर देउवासहित एमाले-कांग्रेसको शीर्ष तहमा छलफल भएको बताइन्छ ।

प्रतिक्रिया