Wide Nepal News शुक्रबार ०२, कार्तिक २०८१ ०२:२७

दिपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालसँग घरेलु टोली अमेरिका पराजित

सम्बाददाता सम्बाददाता
शुक्रबार, कार्तिक ०२, २०८१
दिपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालसँग घरेलु टोली अमेरिका पराजित

पहिलो टी-२० आई खेलमा नेपालसँग घरेलु टोली अमेरिका पराजित भएको छ । शुक्रबार बिहान अमेरिकास्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो। नेपालको जितमा दिपेन्द्रसिंह ऐरीको ३ विकेट महत्वपूर्ण रह्यो।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमा समेटिदा नतिजा नेपालको पक्षमा परेको हो । नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एक/एक विकेट लिए। 

अमेरिकाका लागि शायनले अविवित ६० रन बनाउँदा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीन/तीन र सैतेजा मुक्कामल्ला २ रनमा आउट भए । हरमीत सिंह दिपेन्द्रसिंहको एलबीडब्ल्युमा शून्य रनमा आउट भए ।

९ विकेटको क्षतिमा १६४ रन बनाएको नेपालका लागि कप्तान रोहित पौडेलले १ छक्का र चार चौकाको मद्दतमा ४९ रनको योगफल दिए । यस्तै दीपेन्द्रसिंह ऐरीले १ छक्का र २ चौकासहित २८, अनिल शाह र आसिफ शेखले समान २७ ( २७, गुल्शन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले २ रन जोडे । 

प्रतिक्रिया