Wide Nepal News सोमबार ०६, जेठ २०८२ ०९:३३

अविरल वर्षाले निम्त्याएको बाढीपहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

सम्बाददाता सम्बाददाता
आइतबार, असोज १३, २०८१
अविरल वर्षाले निम्त्याएको बाढीपहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

देशभर बाढीपहिरोबाट ९९ जनाको मृत्यु भएको छ भने ७२ बेपत्ता भएका छन्।

भारी वर्षासँगै आएको बाढीपहिरो र डुबानबाट विपदमा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ।

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए। उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन्।
 

प्रतिक्रिया