Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:४७

लेकम गाउँपालिकाका अध्यक्ष जोशीद्वारा आफ्नो कार्यकालमा भएका काम सार्वजनिक

Wide Nepal News
बिहिबार, बैशाख ०८, २०७९
दार्चुलाको लेकम गाउँपालिकाका अध्यक्ष परमानन्द जोशीले आफ्नो कार्यकालमा भएका कामको प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विभिन्न क्षेत्रमा उल्लेखनिय कामहरु भएका दाबी गरेका छन्। गाउँपालिकाकै बजेटमा ७० किलोमटर सडकको ट्याक खुलेको, उज्यालो लेकम, समृद्ध लेकम अभियान अन्तरगत विद्युत विस्तारमा तिब्रता दिइएको, ५० प्रतिशत घरमा बिजुली बाल्न सफल भएको र आर्थिक वर्ष २०७६÷०७७ सालदेखि गाउँपालिकाभित्रका टुहुरा बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको उनले बताए। यस्तै विभिन्न विद्यालयमा प्राविधिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापन भएको, गाउँपालिकाका चार ओटै स्वास्थ्य संस्थाबाट ल्याब र अल्टासाउण्ड सेवा सञ्चालन भएको र दुई वडामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर सेवा सञ्चालन गरिएको अध्यक्ष जोशीको भनाई छ। यसअघि वि.सं २०७४ सालमा सम्पन्न स्थानीय तहको निवार्चनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित कूल ६ वडामध्ये एकमात्र वडामा विजय प्राप्त गरेपछि अध्यक्ष जोशी अल्पमतमा परेका थिए । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले उनलाई नै गाउँपालिका अध्यक्षको उम्मेदवारमा दाहोर्याउने निर्णय गरेसंगै जोशी छवटै वडासहित गाउँपालिका अध्यक्षमा फेरि दोहोरिने दाउमा छन् ।  

प्रतिक्रिया