Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:५७

सहकारी प्रकरणमा रवि लामिछाने निर्दोष रहेको संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष

सम्बाददाता सम्बाददाता
सोमबार, भदौ ३१, २०८१
सहकारी प्रकरणमा रवि लामिछाने निर्दोष रहेको संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष

सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्दोष ठहरिएका छन् ।

संसदीय छानबिन विशेष समितिले अन्तिम रूप दिएर हस्ताक्षर गरेको प्रतिवेदनमा रवि लामिछानेलाई कारबाहीको कुनै सिफारिस नगरेको समितिका सदस्य एवम् प्रतिनिधि सभा सदस्य शिशिर खनालले जानकारी दिए । 

सहकारीबाट रकम ल्याएर अपचलन गरेको भन्ने विषयमा रवि लामिछानेमाथि लागेको आरोपमा उहाँ निर्दोष हुनुहुन्छ । अन्तिम रूप दिइएको प्रतिवेदनमा उहाँलाई कारबाहीको कुनै सिफारिस भएको छैन् ’ सदस्य खनालले पत्रकारहरूसँग भने,‘ उहाँले यो आरोपमा सफाइ पाउनु भयो । ’ 

खनालका अनुसार सहकारीको रकम गोरखा मिडियामा सहकारी सञ्चालकहरुबाटै ल्याइएका कारण उहाँहरु भने सो प्रकरणमा दोषी देखिनु भएको छ । 

समितिको प्रतिवेदनमा गोरखा मिडियामा आएको रकमको परिचालनमा मात्रै रवि लामिछाने सञ्चालकको भूमिकामा रहँदा संलग्न रहेको खनालले बताए । 

समितिले देशभरका  ४० सहकारीको ८७ अर्ब अपचलन भएको ठहर गरेको समेत उनले बताए । 

प्रतिक्रिया