Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:१७

अफगानिस्तानमा दश लाखभन्दा बढी अफगानी नागरिकलाई मानवीय सहायता वितरण

एजेन्सी एजेन्सी
आइतबार, भदौ ३०, २०८१
अफगानिस्तानमा दश लाखभन्दा बढी अफगानी नागरिकलाई मानवीय सहायता वितरण

अफगान रेड क्रिसेन्ट सोसाइटीले गत वर्ष युद्धग्रस्त अफगानिस्तानमा दश लाखभन्दा बढी मानिसहरूलाई मानवीय सहायता वितरण गरेको छ।

‘गत वर्ष १४ लाख ३० हजार भन्दा बढी जोखिममा परेका र प्रभावित मानिसहरूले आर्थिक, खाद्यान्न र गैर–खाद्य सहायता प्राप्त गरेका छन्, रेड क्रिसेन्टका उपमहासचिव अब्दुल लतिफ साबितले भ्ने।

अफगानिस्तान सरकारले जहिले पनि जोखिममा परेकाहरूलाई आत्मनिर्भर बन्न मद्दत गर्नका लागि काम र रोजगारीका अवसरहरू उपलब्ध गराउने आवश्यकतामा जोड दिएको छ।

अफगान रेड क्रिसेन्ट सोसाइटीको वार्षिक प्रतिवेदन अनुसार ‘भेन्ट्रिकुलर सेप्टल डिफेक्ट’बाट पीडित करिब दुई हजार २१२ जना बालबालिकाले उपचार पाएका र झण्डै ६० लाख अन्य बिरामीले गत वर्ष स्वास्थ्य सेवा पाएका छन। अफगानिस्तानको तालिवान सरकारले अफगानिस्तानभरि स्वास्थ्य क्षेत्रसहित सार्वजनिक सेवाहरू सुधार गर्ने वाचा गरेको छ।

यहाँ देशका अधिकांश भागहरूमा सर्वसाधारणका लागि स्वास्थ्यको पर्याप्त पहुँच पुगेको छैन।

 

प्रतिक्रिया