Wide Nepal News बिहिबार ०३, असोज २०८१ ०७:४१

दार्चुलाका पन्तलाई चर्मण्वती देउडा उत्सव-२०८१ को उपाधी

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ २३, २०८१
दार्चुलाका पन्तलाई चर्मण्वती देउडा उत्सव-२०८१ को उपाधी

चर्मण्वती देउडा उत्सव-२०८१ सम्पन्न भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ को आयोजना तथा राष्ट्रियता संरक्षण अभियान बैतडी र चौलानी सभ्यता विकास अभियान नेपाल बैतडीको प्रबर्धनमा आयोजित चर्मण्वती डेउडा उत्सवको उपाधी लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीका देउडा प्रतियोगि दयाकृष्ण पन्तले प्राप्त गरेका छन् । गत भदौ १९ गतेदेखि सुरु भएर शनिबार सम्पन्न भएको खुल्ला डेउडा प्रतिस्पर्धाको अन्तिम नजिता अनुसार पन्तले प्रथम स्थान हासिल गरेका हुन् ।

कञ्चनप्रका देउडा प्रतियोगि मन्जु गिरी र दार्चुलाका देउडा प्रतियोगि पन्तबिच हिजो सम्पन्न भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पन्त प्रथम हुँदा अर्का प्रतियागि गिरीले द्धित्तिय स्थान प्रप्त गरेका छन् ।

यस्तै उक्त डेउडा खेलमा दोगडाकेदार गाउँपालिका ८ का प्रतियोगि कमला बिष्टले तृतीय स्थान प्राप्त गरिन् । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पन्तलाई नगद १५ हजार, द्धितीय स्थान प्राप्त गर्ने गिरीलाई नगद १० हजार र तृतीय स्थान प्राप्त गर्ने बिष्टलाई नगद ५ हजार सहित सम्मानित गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सुरक्षाकर्मी, सञ्चारकर्मी र निर्णायक मण्डललाई समेत कार्यक्रमको समापन समारोहमा सम्मानित गरिएको छ ।
डिलाशैनीको वडा नम्बर ५ का वडाअध्यक्ष एबं गाउँपालिका प्रवक्ता यज्ञराज भट्टको अध्यक्षता तथा डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न डेउडा प्रतियोगितामा अतिथिहरु, डेउडिडा, डेउडाप्रेमी दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

यसैबिच देउडा उत्सवका अवसरमा लेकम गाउँपालिका १ का युवा देउडिया गङ्गा दत्त पन्तलाई चर्मण्वती उदीयमान देउडा प्रतिभा सम्मान प्रदान गरिएको छ । पुर्चौडी नगरपालिकाका अजब बहादुर ढुङ्गाललाई लोक संस्कृति संरक्षण सम्मान र डिलाशैनी गाउँपालिकाका परमानन्द जोशीलाई चर्मण्वती लोक–सस्कृती जगेर्ना सम्मानद्धारा सम्मानित गरिएको छ । 

प्रतिक्रिया