Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०१:३३

चारवटा संसदीय समितिको बैठक बस्दै, केके छन् कार्यसूची?

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ १६, २०८१
चारवटा संसदीय समितिको बैठक बस्दै, केके छन् कार्यसूची?

संघीय संसद् अन्तर्गतका चारवटा समितिको बैठक आइतार बस्दैछ।

संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ।

बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ।

आजै अर्थ समितिको बैठक बस्दैछ। समितिकै हलमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ।

बैठक बिहान ९ बजे बस्नेछ।

यता शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आइतबार बस्दैछ।

दिनको १ बजे बस्ने बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।
आजै राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।

बिहान ११ः३० बजे बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ।

प्रतिक्रिया