Wide Nepal News मङ्गलबार ३१, भदौ २०८२ ०६:५१

भन्सार छलीका सामान बरामद

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ १६, २०८१
भन्सार छलीका सामान बरामद

बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका–१० अदरपिण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ३१ हजार ८ सय मूल्यको सामान प्रहरीले बरामद गरेको हो।

उक्त मूल्य बराबरको चिनी, मिश्री, दाल, बिडी, सुर्ती, मसला, चियापत्ति लगायतका सामान जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 
 

प्रतिक्रिया