Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०१:२३

संस्थागत क्षमता स्वमूल्याङ्कनमा शैल्यशिखर: सुदूरपश्चिममा दोस्रो, दार्चुलामा उत्कृष्ट

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ ०९, २०८१
संस्थागत क्षमता स्वमूल्याङ्कनमा शैल्यशिखर: सुदूरपश्चिममा दोस्रो, दार्चुलामा उत्कृष्ट

स्थानीय तह संस्थागत स्वमुल्याकंन (लिजा) को प्रतिवेदन अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकाले सुदूरपश्चिम प्रदेशमा दोस्रो तथा जिल्लामा प्रथम स्थान प्राप्त गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने, स्थानीय तहको कार्यप्रक्रिया लेखाजोखा गरि शासकीय प्रक्रिया र बिकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका पक्षहरु पहिचान गर्ने तथा आवधिक समिक्षाको आधार प्राप्त गर्ने उद्धेश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत स्वमुल्याकंन (लिजा) मा शैल्यशिखर नगरपालिका ८४.७५ अंकसहित प्रदेशभरिमा दोस्रो तथा जिल्लामा उत्कृष्ट रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

यस्तै ८५.२५ अंकसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशभरिमा पहिलो स्थानमा रहेको छ । यता स्थानीय तह संस्थागत स्वमुल्याकंन (लिजा) को प्रतिवेदनअनुसार दार्चुलाको महाकाली नगरपालिकाले ५९.७५ अंकसहित जिल्लामा पुछारमा परेको छ । उक्त प्रतिवेदनअनुसार मार्मा गाउँपालिकाले ७०.२५ अंक, मालिकार्जुन गाउँपालिकाले ८१.७५ अंक, लेकम गाउँपालिकाले ६४.७५ अंक प्राप्त भने व्याँस गाउँपालिकाले ६९.०० अंक रहेको छ । 

यस्तै स्थानीय तह संस्थागत स्वमुल्याकंन (लिजा) को आर्थिक वर्ष २०७९।८० को प्राप्त नतिजाअनुसार जिल्लाको अपिहिमाल गाउँपालिकाले ८०.०० अंक प्राप्त गरेको छ, दुहुँ गाउँपालिकाको ७८.०० अंक  छ भने आर्थिक वर्ष २०७८।७९ मा जिल्लाभरिमा उत्कृष्ट स्थान प्राप्त गरेको नौगाड गाउँपालिकाको ७७.५०  अंक प्राप्त गरेको उल्लेख छ । 

प्रतिक्रिया