Wide Nepal News आइतबार २३, भदौ २०८१ ०७:२०

यार्सागुम्बासहित दुई महिला पक्राउ

सम्बाददाता सम्बाददाता
बुधबार, असार १३, २०८१
यार्सागुम्बासहित दुई महिला पक्राउ

दार्चुलामा यार्सागुम्बासहित दुई जना महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–४ का ४१ वर्षीया मथुली बोहरा र सोही ठाउँका ३५ वर्षीया सुनिता बोहरा रहेका छन् ।

प्रहरीले उनीहरुबाट एक सय १५ ग्राम यार्सागुम्बासहित खलंगा पुलघाटबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

पक्राउ परेका महिलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय दार्चुलालाई बुझाइएको छ ।

प्रतिक्रिया