Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:२७

शैल्यशिखरमा मुक्त हलियाको पहचान र पुन:स्थापनाको लागि संवाद कार्यक्रमको आयोजना

जिज्ञासु जिज्ञासु
शुक्रबार, असार ०१, २०८१
शैल्यशिखरमा मुक्त हलियाको पहचान र पुन:स्थापनाको लागि संवाद कार्यक्रमको आयोजना

दार्चलाको शैल्यशिखर नगरपालिकामा मुक्त हलियाहरुको पहिचान र पुन:स्थापनाको लागि सरोकारवालाहरुसंग एक दिवसिय संवाद कार्यक्रमको आयोजना गरिएको छ । 

शुक्रबार राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल जिल्ला हलिया मुक्ती समाज दार्चुलाको आयोजना तथा इएलसिए र एलडब्ल्युएफ् को सहयोगमा शैल्यशिखर नगरपालिका ९ स्थित होटल अपिनाम्पाको सभाहलमा संवाद कार्यक्रमको आयोजना गरिएको हो ।

मुक्त हलियाहरुको पहिचान र पुन:स्थापनाको लागि  शैल्यशिखर नगरपालिकाका जनप्रतिनिधि, स्थानीय सरोकारवाला संघ संस्था र मुक्त हलिया प्रतिनिधिहरु बिच नीति तर्जुमा सम्बन्धी एक दिवसिय संवाद कार्यक्रमको आयोजना गरिएको मुक्त हलिया समाज महासंघ नेपालका कार्यक्रम संयोजक जगदिश लुहारले जानकारी दिनुभयो । 

शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीको प्रमुख आतिथ्यतामा आयोजित संवाद कार्यक्रममा मुक्त हलिया समाज महासंघ नेपालले मुक्त हलियाका क्षेत्रमा गरिरहेका कामहरुबारे जानकारी दिइनुका साथै शैल्यशिखरमा रहेका मुक्त हलियाहरुको वर्तमान अवस्था पुन:स्थापनाका कार्यक्रमहरु बारे छलफल गरिएको बताइएको छ । 

यसैबिच संवाद कार्यक्रममा बोल्नु हुदैँ नगर प्रमुख धामीले नगरपालिका भित्र रहेका मुक्त हलियाहरुको पहिचान गरि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् उनीहरुलाई जीविकोपार्जनका लागि विभिन्न लघु उद्यमसित जोड्न कार्यक्रम ल्याइने उल्लेख गर्नु भयो । 

नगर प्रमुख धामीका अनुसार मुक्त हलियाहरुको पहिचान तथा पुन:स्थापनाका लागि नगरपालिकाले कार्यविधी बनाएर राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल जिल्ला हलिया मुक्ती समाज दार्चुला सित सहकार्य गर्दै अगाडी बढ्न आफूहरु तयार रहेको बताउनु भयो ।

प्रतिक्रिया