Wide Nepal News बुधबार ०२, असोज २०८१ ०३:०५

१५औं च्याम्पियन्स लिग उपाधि रियल म्याड्रिडलाई

सम्बाददाता सम्बाददाता
आइतबार, जेठ २०, २०८१
१५औं च्याम्पियन्स लिग उपाधि रियल म्याड्रिडलाई

स्पेनिस क्लब रियलले म्याड्रिडले दोस्रो हाफमा दुई गोल गर्दै सिजनको च्याम्पियन्स लिगको उपाधि जितेको छ।

शनिबार राति इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल भिडन्तमा जर्मन क्लब बोरूसिया डर्टमन्डलाई २-० गोलले पराजित गर्दै रियलले कीर्तिमानी १५औं च्याम्पियन्स लिग उपाधि जितेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिदा रियलले ७४औं मिनेटमा डानी कार्भाहलको गोलबाट अग्रता लियो।

रियलका लागि अन्तिम खेल खेलेका टोनी क्रुसको कर्नर बलमा उनले हेडमार्फत गोल गरेका थिए।

८३ मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट फिनिसिङ गर्दा रियलले अग्रता दोब्बर पार्‍यो। डर्टमन्डका खेलाडीले गलत पास दिएको बलमा बेलिङघमले भिनिसियसलाई डिबक्समा सुन्दर पास मिलाएका थिए।

डर्टमण्डका करिम अडेमीले पहिलो हाफमा दुईवटा मौका खेर फाल्दा स्ट्राइकर निकलस फुलक्रगको प्रहार पोस्टमा लागेको थियो।

कार्लो एन्सेलोटीले प्रतियोगितामा प्रशिक्षकको रूपमा आफ्नो पाँचौं उपाधि जिते। क्रुससहित कार्भाहल, नाचो र लुका मोड्रिचले रियल म्याड्रिडबाट छैटौं च्याम्पियन्स लिगको मेडल जित्न सफल भए।

 

प्रतिक्रिया