Wide Nepal News सोमबार ०६, जेठ २०८२ ०९:०१

'द ग्रेटेस्ट अफ अल टाइम' का लागि २०० करोड लिए थलापति विजयले

एजेन्सी एजेन्सी
मङ्गलबार, जेठ १५, २०८१
'द ग्रेटेस्ट अफ अल टाइम' का लागि २०० करोड लिए थलापति विजयले

दक्षिण भारतीय अभिनेता थलापति विजयले फिल्म 'द ग्रेटेस्ट अफ अल टाइम' को लागि महँगो पारिश्रमिक लिएका छन्। 

भारतीय सञ्चारमाध्यम टिभी ९ हिन्दीका अनुसार यस फिल्मको लागि उनले २०० करोड भारू पारिश्रमिक लिएका छन्। फिल्ममा उनको दोहोरो भूमिका हुनेछ।

यो फिल्ममा उनको अभिनयसँगै गायन पनि छ। उनले फिल्मका लागि दुई गीत गाएका छन्। 

यो फिल्मपछि उनी आफ्नो अन्तिम फिल्मको तयारीमा लाग्नेछन्। उनी अभिनय छाडेर राजनीतिमा प्रवेश गर्दैछन्। केही समयअघि उनले आफ्नो पार्टी समेत खोलेका छन्।

वेंकट प्रभुले निर्देशन गरेको फिल्म ५ सेक्टेबरदेखि प्रदर्शन हुँदैछ। फिल्ममा थलापति विजय बाहेक मीनाक्षी चौधरी, जयराम, स्नेहा, लैला, योगी बाबू, विटिवी गणेश, अजमल लगायत कलाकार अभिनय छ।

प्रतिक्रिया