Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:३८

दार्चुलामा सत्तारुढ दल कांग्रेश-माओवादी केन्द्रको संयुक्त पत्रकार सम्मेलन सम्पन्न

Wide Nepal News
शनिबार, बैशाख १०, २०७९
काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि सत्तारुढ दल नेपाली कांग्रेश र नेकपा माओवादी केन्द्र दार्चुलाको संयुक्त पत्रकार सम्मेलन सम्पन्न भएको छ । शनिबार साँझ जिल्ला सदरमुकाम खलंगामा आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु बिच गठबन्धनको टुंगो लागेसंगै जिल्लामा गठबन्धनको बिषयलाई लिएर सत्तारुढ दलहरु द्वारा पत्रकार सम्मेलनको आयोजना गरिएको जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेश दार्चुलाका सभापती ललितसिंह बोहराले जिल्लामा गठबन्धनलाई बलियो बनाउन सत्तारुढ दलहरुले मिलेर जानुपर्ने औंल्याए । जिल्लाका सबै वडा तहदेखि गाउँ/नगर तहसम्म नेपाली कांग्रेशसहित नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी सबैलाई सहभागी गराइने बताए । जिल्लास्थित संचारकर्मीहरु संगको साक्षात्कारमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक एवं सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी (सन्तोष) ले केपी शर्मा ओलीको प्रतिगमनकाविरुद्द देखि आजसम्म गठबन्धनले एकढिक्का भएको बताउदैं आगामी स्थानीय तहको निवार्चनमा जिल्लामा पनि मिलेर जानु आवस्यक रहेको बताएका छन् । पत्रकार सम्मेलनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री धामी, नेपाली कांग्रेश दार्चुलाका सभापनी बोहरासहित जिल्लास्थित गठबन्धनका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । आगामी बैशाख ३० मा दार्चुलासहित देशभर स्थानीय तहको निर्वाचन हुदैंछ । सत्तारुढ दलले स्थानीय तहको निवार्चनमा गठबन्धन गर्ने सहमती जुटाएसंगै दार्चुलाका ९ वटा स्थानीय तहमध्ये २ नगरपालिकासहित ५ पालिकाको नेतृत्व कांग्रेस र ४ को नेतृत्व माओवादी केन्द्रले पाउने गरी सहमति भएको छ। जसअनुसार माओवादी केन्द्रलाई अपिहिमाल, मार्मा, नौगाड र लेकम गाउँपालिकाको अध्यक्ष दिने निर्णय भएको छ भने कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिकाको प्रमुख तथा मालिकार्जुन, दुहुँ र व्याँस गाउँपालिकाको अध्यक्ष पाउने सहमति भएको छ। माओवादीले मालिकार्जुन र व्याँस गाउँपालिकाको उपाध्यक्ष र कांग्रेसले अपिहिमाल, मार्मा, लेकम, दुहुँ र नौगाड गाउँपालिकाको उपाध्यक्ष तथा महाकाली र शैल्यशिखर नगरपालिकाको उपप्रमुख पाएको छ । कांग्रेसले जिल्लाका ४० बढी वडा र माओवादीले २० वडा पाउने खाका बनाइएको छ। समाजवादीले भने महाकाली र शैल्यशिखरमा मिल्ने अवस्था हुँदाहुँदै एकतर्फी ढंगले निर्णय गरिएको भन्दै प्रदेश संयन्त्रमा विषय प्रवेश गराउने जनाएको थियो ।

प्रतिक्रिया