Wide Nepal News शनिबार १२, साउन २०८१ ०४:००

गणतन्त्र संस्थागत गर्न सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको आग्रह

सम्बाददाता सम्बाददाता
मङ्गलबार, जेठ १५, २०८१
गणतन्त्र संस्थागत गर्न सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गणतन्त्रलाई संस्थागत गर्न हरेकले आफ्नो कामले देखाउनुपर्ने बेला आएको बताएका छन्।

गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज (मंगलबार) धनगढीमा आयोजित कार्यक्रममा उनले विश्वमै उत्कृष्ट व्यवस्था लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उल्लेख गरे। ‘गणतन्त्रको खास आभास जनतामा हुन नसकिरहेकाले यो व्यवस्थाको कमीकमजोरी सुधार गर्दै अगाडि बढ्न जरुरी छ’, मुख्यमन्त्री सोडारीले भने।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव डा. हरि लम्सालले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र भएको व्यवस्थामा मात्र नागरिक स्वतन्त्र भएर बाँच्न पाउने बताए । सो समारोहमा स्थानीय लोकसंस्कृति झल्किने झाँकी र खेलकुद गतिविधि प्रस्तुत गरिएको थियो ।

यसैबीच सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सत्रौँ गणतन्त्र दिवसले प्रदेशमा दिगो शान्ति, सुशासन र विकासको समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना दिएका छन् ।

प्रतिक्रिया