Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:२३

टुहुरा बालबालिकालाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण

सम्बाददाता सम्बाददाता
सोमबार, जेठ १४, २०८१
टुहुरा बालबालिकालाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण

दार्चुलाको शैल्यशिखर नगरपालिकाले टुहुरा बालबालिकालाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । 

शैल्यशिखर नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अद्ययनरत २५ जना टुहुरा बालबालिकालाई पोषाक, झोला, कापी तथा कलम वितरण गरिएको नगर उपप्रमुख शान्ती खडायतले जानकारी दिए । 

कलिलो उमेरमा आमाबुुवा गुमाएर टुहुरा भएका बालबालिकाहरुलाई स्थानीय सरकारले आफूहरुको उपस्थिति देखाउन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ उनीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको र आगाामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा टुहुरा बालबालिका विशेष कार्यक्रम सम्बोधन गरिने उपमेयर खडायतले बताए । 

सोमबार शैल्यशिखर नगरपालिकाका नगरपालिकाका प्रमुख विजयसिंह धामीको अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधीसहित प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढा, कर्मचारी, बालबालिका तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया