Wide Nepal News शनिबार १२, साउन २०८१ ११:५६

मनसुनजन्य विपदबाट बच्न प्रतिकार्य योजना पारित

सम्बाददाता सम्बाददाता
शनिबार, जेठ ०५, २०८१
मनसुनजन्य विपदबाट बच्न प्रतिकार्य योजना पारित

जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले मनसुनजन्य विपद्का घटनाबाट बच्न प्रतिकार्य योजना पारित गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले उक्त योजना पारित गरेको हो । 

प्रतिकार्य योजनामा विपद् पूर्व र विपद् पश्चात के गर्ने भन्ने कुराहरु समेटिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक भीमकान्त शर्माले जानकारी दिए । 

बर्षातको समय नजिक आएकाले सम्भावित विपद्बाट बच्नका लागि सबै स्थानीय तहहरुले तयारी अवस्थामा रहनुपर्ने बिषयमा बैठकमा छलफल भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । उनले भने ‘बर्षातको समयमा हुन सक्ने विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका बिषयमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौं । सबै स्थानीय तहहरुलाई पूर्व तयारी अवस्थामा रहनका लागि आग्रह गरेका छौं ।’

यस्तै समितिको बैठकले गएको पुषदेखि हाल सम्म जिल्लामा विभिन्न विपदका घटनामा भएको क्षतिको मूल्यांकन गर्दै राहत मापदण्ड अनुसार विपद प्रभावित व्यक्ति तथा परिवारहरुलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । यस अवधिमा आगोले जलेर घाइते भएका २ जना, आगलागि भई घरमा क्षति भएका २ परिवार र रुख ढलेर घर भत्केका ३ परिवारलाई राहत दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 

यासका साथै खोज तथा उद्धार सामाग्रीहरुको अद्यावधिक गर्ने, जिल्ला स्थत खुल्ला ठाउँ र हेलिप्याडहरुको पहिचान गर्ने निर्णय समेत भएको छ । 

जिल्लामा मानवीय तथा प्राकृतिक कारणले विभिन्न आगलागीका घटना बढ्नुका साथै अव्यवस्थित सडकहरुले सडक दुर्घटना, बाढी, पहिरो लागयतका विपदको जोखिम कायम रहेको छ । 

प्रतिक्रिया