Wide Nepal News मङ्गलबार १९, फागुन २०८२ ०५:१३

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

सम्बाददाता सम्बाददाता
शनिबार, जेठ ०५, २०८१
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ।

शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट पर्वत, बागलुङ र बाँकेका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो।

पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पठाइएको छ भने बागलुङमा नेत्रप्रसाद सुवेदीलाई सरूवा गरिएको छ।

त्यस्तै बागलुङका प्रजिअ खगेन्द्रप्रसाद रिजालला सरूवा गरी बाँके पठाइएको छ।

 

प्रतिक्रिया