Wide Nepal News शनिबार १२, साउन २०८१ ०२:५४

सुदूरपश्चिममा सोडारीलाई एमालेले विश्वासको मत दिने

सम्बाददाता सम्बाददाता
बुधबार, जेठ ०२, २०८१
सुदूरपश्चिममा सोडारीलाई एमालेले विश्वासको मत दिने

नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय दलले जनाएको छ ।

प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए ।

मुख्यमन्त्री सोडारीले पर्सि जेठ ३ गते बिहान सवा १० बजे बस्ने बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया