Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:४४

सुदूरपश्चिमको एक्लो उपमहानगर धनगढीको मेयरमा १० र उपमेयरमा ७ जनाको उम्मेदवारी

Wide Nepal News
मङ्गलबार, बैशाख १३, २०७९
सुदूरपश्चिमको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा १० जनाको उम्मेदवारी दर्ता भएको छ। यस्तै उपप्रमुखमा ७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। धनगढी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वडको उम्मेदवारी परेको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीबाट भारती थापा, नागरिक उन्मुक्ति पार्टीबाट निमकुमार चौधरी, जनता समाजवादी पार्टीबाट कलेन्द्र ऐर, राष्ट्रिय जनमोर्चा पार्टीबाट अञ्जना श्रेष्ठ तथा स्वतन्त्रबाट व्यवसायी गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट (मुकुन्द)ले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए। यस्तै उपप्रमुखमा एमालेबाट कन्दकला राना, राप्रपाबाट दुर्गा दत्त पन्त, नेपाल परिवार दलबाट विष्णु कुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट सावित्रा चौधरी, विवेकशील साझा पार्टीबाट विमलाकुमारी पन्त र स्वतन्त्रमा नेपाली काँग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिक्रिया